हङकङमा तेक्वान्दो प्रशिक्षण तथा बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

हङकङमा तेक्वान्दो प्रशिक्षण तथा बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न

   २०८२ चैत्र १३ गते  

हङकङ : Hong Kong Nepalese Federationको आयोजनामा “Basic Tae Kwan Do Training 2025–26 & Belt Upgrading Program” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम आइतबार, ८ मार्च २०२६ का दिन Kung Chung Market Sports Centreमा आयोजना गरिएको थियो।

उक्त प्रशिक्षण कार्यक्रम CSTN परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो भने United Tae Kwan Do Academy Hong Kong (UTAHK)ले सहयोग गरेको थियो।


कार्यक्रममा सम्माननीय ग्रान्ड मास्टर सैलेन राई र प्रशिक्षक टीबी याक्खा (TB Yakkha) ले प्रशिक्षण प्रदान गरेका थिए। सहभागीहरूलाई आधारभूत तेक्वान्दो सीपसँगै बेल्ट अपग्रेडसम्बन्धी अभ्यास गराइएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक तथा Hong Kong Nepalese Federationकी परियोजना इन्चार्ज रीता गुरुङले प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा सम्पूर्ण UTAHK टिमप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सबैको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनी Nepal Club Hong Kongकी अध्यक्ष तथा HKSAR महिला आयोगकी सदस्यसमेत हुन्।

कार्यक्रमको फोटो दस्तावेजीकरण नारायण भण्डारीले गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायका युवाहरूलाई खेलकुदमार्फत अनुशासन, आत्मरक्षा र स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै