चलचित्र पत्रकार संघ नेपाल,कोशी प्रदेशमा नयाँ नेतृत्व चयन – Sagarmathapana:: Online News Portal

चलचित्र पत्रकार संघ नेपाल,कोशी प्रदेशमा नयाँ नेतृत्व चयन

   २०८२ चैत्र १० गते  

विराटनगर ।चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्रकुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

अधिवेशनले उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गानालाई निर्वाचित गरेको छ भने महासचिवमा विकल श्रेष्ठ चयन भएका छन्। यस्तै, सचिवमा तुलसीप्रसाद निरौला, कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्।

सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल निर्वाचित भएका छन्।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले चलचित्र पत्रकारिताको विकास, पेशागत सुदृढीकरण तथा कोशी प्रदेशमा चलचित्र क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अध्यक्ष – वीरेन्द्र शाह
उपाध्यक्ष – रमेश तिवारी
उपाध्यक्ष – गोमा धुंगाना
महासचिव – विकल श्रेष्ठ
सचिव – तुलसी प्रसाद निरौला
सचिव – सोम सुनुवार
कोषाध्यक्ष – गोपाल काफ्ले

सदस्यहरू:
स्नेहा श्रेष्ठ
रेखा पौडेल
पारस मण्डल
सुनिला यादव
कविता घिमिरे
निशान कँडेल
गोपाल पौडेल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै