२५ वर्षमै सांसद: धनुषाकी रुवीकुमारी ठाकुर चर्चामा – Sagarmathapana:: Online News Portal

२५ वर्षमै सांसद: धनुषाकी रुवीकुमारी ठाकुर चर्चामा

   २०८२ चैत्र ३ गते  

काठमाडौं।धनुषाकी २५ वर्षीया रुवीकुमारी ठाकुर राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्र बनेकी छन्। श्रम संस्कृति पार्टीले समानुपातिक सूचीमार्फत उनलाई प्रतिनिधि सभाको सांसदमा सिफारिस गरेपछि सामान्य परिवारबाट राष्ट्रिय संसदसम्म पुगेको उनको यात्रा धेरैका लागि प्रेरणादायी बनेको छ।

धनुषाको साधारण परिवारमा हुर्किएकी ठाकुरका बाबु वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। घरमा आमा, दुई भाइ र चार बहिनी छन्। पारिवारिक जिम्मेवारीका बीच उनले आफ्नो पढाइलाई निरन्तरता दिँदै अघि बढेकी थिइन्।

उनले धनुषाकै बलरा पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन्जिनियरिङ पूरा गरेकी छन्। सांसद बन्नुअघि उनी करिब सात महिनादेखि धनुषाकै एक कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ तलबमा काम गरिरहेकी थिइन्।

अचानक आएको सांसद बन्ने अवसरले उनको जीवनलाई नयाँ मोड दिएको छ। सामान्य परिवारबाट संसदसम्म पुगेको उनको यात्रा संघर्ष, सपना र अवसरको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

अब सांसद ठाकुरले संसदमा युवा तथा सामान्य परिवारका मुद्दा सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै