ओलीलाई भारी मतान्तरले पछाडि पार्दै अगाडि रहेका बालेन शाहले भने– विजय जुलुस नगर्ने
काठमाडौं।Balen Shah ले विजय जुलुस नगर्ने घोषणा गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा K. P. Sharma Oli लाई भारी मतान्तरले पछाडि पार्दै जित लगभग सुनिश्चित भएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
आज बिहान Shree Airlines मार्फत विराटनगर ओर्लिएका शाहले समर्थकको भीडभाड, होहल्ला तथा मतगणनामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले मतगणना स्थलसमेत नजाने बताएका छन्।
उनले विजय उत्सव वा जुलुसको साटो सीधै काममा लाग्ने बताएका छन्। शाहको यस निर्णयलाई जित दिलाउने मतदाता मात्र होइन, अन्य राजनीतिक दलका समर्थक तथा सर्वसाधारणले पनि सकारात्मक रूपमा लिएका छन्।
राजनीतिमा फरक शैली प्रस्तुत गर्ने उनको यस कदमको सामाजिक सञ्जालमा समेत व्यापक प्रशंसा भइरहेको छ।












