सुगम पोखरेलको नयाँ रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

सुगम पोखरेलको नयाँ रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक

   २०८२ फाल्गुन ४ गते  

काठमाडौं।चर्चित गायक सुगम पोखरेल को स्वरमा नयाँ रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक भएको छ। प्रेमभाव र भावनात्मक अनुभूतिलाई समेटिएको उक्त गीतमा सुगमसँगै गायिका रिता केसीको पनि स्वर रहेको छ।

गीतमा डा. देबेन्द्र प्रधानको शब्द रहेको छ भने संगीत शंकर थापा ‘स्माइल’ ले दिएका छन्। संगीत संयोजन र प्रस्तुतीकरणले गीतलाई थप आकर्षक बनाएको छ।

गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय देख्न सकिन्छ। उनीहरूको केमेस्ट्रीले गीतको कथालाई जीवन्त बनाएको छ। छायांकन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन डिन्सन शाहको रहेको छ।

‘बेहाल’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। प्रेम र सम्बन्धका उतार–चढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस गीतले संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै