नेपाल जेसीजद्वारा कपन जेसीजका अध्यक्ष जेसी छितेन लिङ्बो राष्ट्रिय पर्यटन तथा वातावरण समिति अध्यक्षमा मनोनयन
प्रबिन किराती
काठमाडौं।नेपाल जेसीजले कपन जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी छितेन लिङ्बोलाई राष्ट्रिय पर्यटन तथा वातावरण समिति (National Tourism & Environment Committee) को अध्यक्ष पदमा मनोनयन गरेको छ।नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष–२०२६ सिनेटर जीवन कर्कीद्वारा जारी आधिकारिक पत्रमार्फत उक्त मनोनयन गरिएको हो।
नेपाल जेसीजले “Aim, Act, Achieve” भन्ने मूल अवधारणाअनुसार युवाको नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्यमशीलताको प्रवर्द्धन गर्दै जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वासका साथ लिङ्बोलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाएको छ। साथै, Project Sankalpa अन्तर्गत सञ्चालन भइरहेको “एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत रहेको उल्लेख गरिएको छ।

संस्थाका अनुसार नेपाल जेसीज वर्ष–२०२६ लाई उपलब्धिमूलक र सफल वर्ष बनाउने उद्देश्यले पर्यटन तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै यो मनोनयन गरिएको हो। यसले आगामी दिनमा पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नवनियुक्त राष्ट्रिय पर्यटन तथा वातावरण समिति अध्यक्ष–२०२६ जेसी छितेन लिङ्बोले मनोनयनप्रति आभार व्यक्त गर्दै सम्पूर्ण नेपाल जेसीज परिवार तथा सम्बन्धित सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले आफूलाई प्रदान गरिएको जिम्मेवारी पूर्ण रूपमा वहन गर्दै संस्थाको उद्देश्यअनुसार प्रभावकारी कार्यसम्पादन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेपाल जेसीजले लिङ्बोलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।














