चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिदै आजपा भक्तपुर–२ की उम्मेदवार देवकुमारी साह – Sagarmathapana:: Online News Portal

चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिदै आजपा भक्तपुर–२ की उम्मेदवार देवकुमारी साह

   २०८२ माघ २५ गते  

भक्तपुर,२५ माघ-आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य एवं भक्तपुर–२ का उम्मेदवार देवकुमारी साहले चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिएकी छन् ।

भक्तपुरको बालकोट, गठाटार, ठिमी लगायतका ठाउँमा आम मतदाता, पार्टीका नेताकार्यकर्तासंग भेटघाट गर्दै उनले माबाइल चुनाव चिन्हमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेकी छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाबाट साहले भक्तपुर–२ मा उम्मेदवारी दिएकी छन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट निवासी आजपा सचिवालय सदस्य साह लामो समयदेखी समाजसेवामा सक्रिय महिला हुन् ।

‘भक्तपुर–२ का लागि स्पष्ट एजेन्डा, बाचा होइन, स्पष्ट एजेन्डा छ हामीसंग । स्वच्छ राजनीति, स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ आजपा उम्मेदवार साहले भनिन, ‘भ्रष्टाचारमा शुन्य सहनशीलता, बजेट खानेलाई सामाजिक बहिष्कार र कडा कानूनी कारवाही ।

आम महिला मोर्चाको बागमती प्रदेश इन्चार्ज समेत रहेकी साहले विगत लामो समयदेखी महिला अधिकारको आन्दोलनमा सक्रिय रहेकी छन । भक्तपुरको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएकी साहलाई स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।

पार्टीले उनलाई उम्मेदवार बनाएपछि उनी आम जनतासंग भेटघाटमा सक्रिय भएकी छन् । भक्तपुरको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता साहले व्यक्त गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै