काठमाडौँमा ‘७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव (NCIFF)’ सुरु – Sagarmathapana:: Online News Portal

काठमाडौँमा ‘७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव (NCIFF)’ सुरु

   २०८२ माघ १७ गते  

काठमाडौँ।तीन दिने ‘७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव (NCIFF)’शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ।विश्वका विभिन्न ३९ देशबाट छनोट भएका ८५ वटा चलचित्र प्रदर्शन हुने यस महोत्सवमा ३० विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

महोत्सवमा राष्ट्रिय जूरी सदस्यका रूपमा निर्देशक तथा कलाकारद्वय रमेश बुढाथोकी र दीपाश्री निरौला रहेका छन्।महोत्सवको संयोजन सन्तोष सुवेदीले गर्नुभएको हो।

चलचित्रमार्फत विभिन्न देशका संस्कृति, परम्परा र सामाजिक विषयवस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा आदान–प्रदान गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ। कार्यक्रम सफल बनाउन चलचित्र विकास बोर्डले समेत सहकार्य गरेको छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा फिचर,छोटा चलचित्र, वृत्तचित्र तथा प्रायोगात्मक चलचित्रहरू प्रदर्शन गरिनेछन्।आयोजकका अनुसार यसले नेपाली तथा विदेशी फिल्मकर्मीबीच सहकार्य र सांस्कृतिक संवाद बढाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै