भोटखोलाका १०० जना भन्दा बढी सगरमाथा आरोहिहरु सम्मानित – Sagarmathapana:: Online News Portal

भोटखोलाका १०० जना भन्दा बढी सगरमाथा आरोहिहरु सम्मानित

   २०८१ श्रावण २९ गते  

प्रबिन किराती ,सगरमाथापाना,

काठमाडौं ।  भोटखोला युवा सरोकार मञ्चले भोटखोलाका प्रख्यात हिमाल आरोहिहरुलाई सम्मानित गरेको छ ।

युबा मैत्री समाज र दिगो बिकास ,प्राकृतिक सम्पदा को सम्रक्षण धार्मिक र सास्कृतिक्र कला को प्रबर्धन र जगेर्णा जस्ता मुख्य उदेस्य लिएर शुरु  गरिएको भोटखोला युवा सरोकार मञ्चले भोटखोलाका प्रख्यात हिमाल आरोहिहरुलाई सम्मानित गरेको छ ।

काठमाडौमा एक कार्यक्रमकाबीच संखुवासभाको भोटखोला गाउँपालिकाका प्रख्यात आरोहिहरुलाई सम्मानित गरेको हो । पछिल्लो समय भोटखोला गाउँपालिकाका धेरै आरोहिहरु बिभिन्न हिमाल आरोहणमा एक पछि अर्को कीर्तिमान कायम गर्दे आएकाछन् ।

सरोकार मन्च सदस्य केशाङ भोटेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम का प्रमुख अथिथी नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा बिशेश अतिथी नेपाल जनजाती महासङ्घका पुर्ब महासचिब आङ्काजी शेर्पा ,अथिती हरु खाद्बबारी नगरपालिका का प्रमुख ,भोट्खोला गाउपालिका प्रमुख वाङ छेदर लामा, वडा न ३ का अध्यक्ष पासाङ भोटे,गितकार तथा गायक गुरु भोटिया लगायत अन्य अतिथी हरु को उपस्थिती रहेको थियो।

प्रमुख अथिथी नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले पछिल्लो समय संखुवासभाको भोटखोला गाउँपालिकाका प्रत्येक घरमा आरोहि जन्मन थालेको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले हिमाल आरोहण त्यति सजिलो नभए पनि पछिल्लो समयमा युवाहरुप्रति हिमाल अरोहण गरेर कीर्तिमान कायम गर्ने होड चलेको बताउनुभयो । उहाँले हिमाल आरोहीहरुले आफ्नो देश नेपाललाई विश्वसामु चिनाउन कीर्तिमान कायम गरे पनि सरकारले हिमाल अरोहिहरुको सुरक्षा र रोजीरोटीमा ध्यान नदिनु चिन्ताको बिषय भएको बताउनुभयो । बिमा,रोजगारी र औषधि उपचारको लागि कुैन निकायले ध्यान नदिएको नेपाल पर्वतारोहण संघले पटक पटक सरकारको ध्यानाकर्षण गराउदासमेत सुनुवाई नभएको गुनासो गर्नुभयो ।

यसै क्रममा नेपाल जनजाती महासङ्घका पुर्ब महासचिब आङ्काजी शेर्पाले भोट्खोलाका सम्पुर्ण लोमी सिङ्शा भोटे हरु एक भएर आफ्नो भोट्खोला लाई लोमी सिङ्शा  स्वायत्त राज्य को माग गर्न र आफ्नो भाषा सस्कृती र पहिचानको लागी अगाडी बड्नु पर्ने बताउनु भयो ।

कार्यक्रम मा भोट्खोला का भिभिन्न महिला समुह हरु ले आफ्नो सस्कृती र भेषभुषामा नृत्य गरेर कार्यकम लाई अझ रमाइलो र भब्य रुप मा सम्पन्न गर्नु सहयोग गर्नु भयो भने गायक तथा गितकार गुरु भोटिया ले छिट्ट निम्मा ,दगुनी यारी जस्ता लोकप्रिय गित प्रस्तुत गर्नु भयो ।कार्यक्रम को सभापति भोटखोला युवा सरोकार मञ्चका अध्यक्ष रहनु भएको थियो भने कार्यक्रम मञ्चका महासचिब सुन्दर भोटेले संचालन गर्नु भएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै