एनएमबि बैंकद्वारा दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक – Sagarmathapana:: Online News Portal

एनएमबि बैंकद्वारा दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

   २०८२ माघ ७ गते  

काठमाडौं।एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आधुनिक बैंकिङ आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो।

बैंकका अनुसार यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई अझ सहज, सुरक्षित र प्रिमियम बनाउने विश्वास लिएको छ। नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थल लाउन्ज सुविधाको लाभ लिन सक्नेछन् (सर्तहरू लागू हुनेछन्)।

विशेषगरी धेरै यात्रा गर्ने तथा बैंकिङ सेवामा बढी लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने बैंकले जनाएको छ। यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकका एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत प्राप्त गर्नेछन्।

डिजिटल बैंकिङमा सधैं अग्रणी रहँदै आएको एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशिष्ट र आधुनिक बैंकिङ अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधा ल्याइएको बताएको छ। बैंकले यी नयाँ प्लाटिनम कार्डहरूले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभवका साथै प्रिमियम पहिचान प्रदान गर्नेमा विश्वास व्यक्त गरेको छ।

यी कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन इच्छुक ग्राहकहरूले नजिकैको एनएमबि बैंक शाखा वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। हाल एनएमबि बैंकले देशभर रहेका २०२ शाखा, १८४ एटिएम तथा ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत भरपर्दो वित्तीय सेवा प्रदान गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै