धरानमा आदिवासी जनजाति नगर समन्वय परिषदद्वारा तीन दिने संस्थागत क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न – Sagarmathapana:: Online News Portal

धरानमा आदिवासी जनजाति नगर समन्वय परिषदद्वारा तीन दिने संस्थागत क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न

   २०८२ माघ ५ गते  

धरान।नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानले तीन दिने संस्थागत क्षमता अभिबृद्धी प्रशिक्षण आइतबार सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२ /८३ को लक्षित वर्गको विनियोजित बजेट अन्तरगरत तीन दिने प्रशिक्षणको आयोजना गरिएको कुरा नगर महासंघका अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए ।

महासंघमा १३ जातिय संस्था युवा महासंघ र महिला महासंघ सहित १५ समूह संस्थागत रहेका छन । तीन दिने संस्थागत क्षमता अभिबृद्धी प्रशिक्षणमा ४५ जना प्रशिक्षार्थी सहभागी रहेका कुरा सचीव कर्ण सुनुवारले जानकारी दिए ।

प्रशिक्षणमा माईन्युट लेखन,प्रस्ताव लेखन,संस्थासँग सम्बन्धित आय व्यय चुस्तदुरुस्त कसरी राख्ने भन्ने संस्थागत अत्यावश्यक व्यावहारिक ज्ञान सिक्न पाएको कुरा एक प्रशिक्षार्थीले आफ्नो अनुभव सुनाए ।

समापन धरान उपमहानगरपालिकाका उप प्रमुख आइन्द्र बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तिन दिने संस्थागत क्षमता अभिबृद्धी प्रशिक्षण रमेश साहले दिएका थिए । कार्यक्रम किरात राई यायोक्खा यलम्बर भवनमा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै