भोटखोला चौथो ल्होसार पुरुष/महिला फुटबल कप–२०८२ काठमाडौंमा आयोजना हुँदै – Sagarmathapana:: Online News Portal

भोटखोला चौथो ल्होसार पुरुष/महिला फुटबल कप–२०८२ काठमाडौंमा आयोजना हुँदै

   २०८२ माघ ३ गते  

काठमाडौं।स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद,युवा हरूको बाटो कुलत र दुर्व्यसन होइन चेतना,संगठन र राष्ट्र निर्माण हो” भन्ने मूल नारासहित काठमाडौंमा चौथो ल्होसार पुरुष/महिला फुटबल कप–२०८२ आयोजना हुने भएको छ।

नामासे युथ क्लब (NYC) का अध्यक्ष डुक्पा (डेनल)भोटेको नेतृत्वमा आयोजना हुन लागेको प्रतियोगिता २०८२ माघ २७ गतेदेखि फागुन ४ गतेसम्म काठमाडौंको कपनस्थित ह्यान्डबल ग्राउण्डमा सञ्चालन हुनेछ।खेलकुद मार्फत युवालाई स्वस्थ,अनुशासित र सकारात्मक गतिविधि तर्फ उन्मुख गराउँदै सामाजिक एकता र राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको  अध्यक्ष भोटेले जनाएको छ।

यस प्रतियोगितामा भोटखोला गाउँपालिका भित्र तथा देशका विभिन्न स्थानमा रहेका भोटखोला बासीहरू लाई मात्र सहभागिताको अवसर प्रदान गरिनेछ।पुरुष तथा महिला दुवै विधामा प्रतियोगिता सञ्चालन गरिनेछ।

पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ भने महिलातर्फ पनि आकर्षक नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुशासित टिम र खेल भावना जस्ता विधामा विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।


प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूले रु.५,५०० टिम दर्ता शुल्क तिरेर सहभागिता जनाउन सक्नेछन्।नामासे युथ क्लबले युवाहरूलाई कुलत र दुर्व्यसनबाट टाढा राख्दै खेलकुद मार्फत नेतृत्व क्षमता, आत्मविश्वास र संगठनात्मक चेतना विकास गर्न यस्ता प्रतियोगिता निरन्तर गर्दै आएको जनाएको छ।

आयोजकले सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरू लाई हौसला प्रदान गर्न आग्रह गर्दै थप जानकारी तथा टिम दर्ताका लागि आयोजक समितिका पदाधिकारी हरू सँग सम्पर्क गर्न अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै