११ वटा ‘मौलिक तीज गीत’ एकै मञ्चमा सामूहिक विमोचन – Sagarmathapana:: Online News Portal

११ वटा ‘मौलिक तीज गीत’ एकै मञ्चमा सामूहिक विमोचन

   २०८१ श्रावण २८ गते  

काठमाडौं । आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा सर्जकको उपस्थितीमा हरितालिका तीज पर्वको अवसरमा ११ मौलिक गीतलाई एकैपटक सार्वजनिक गरिएको छ ।

लोक संचारकर्मी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकताले भरिपूर्ण गीत सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको उनले बताए ।

सांस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारी जोडिने भएकाले नारीको भाव गीतमा अटाउनुपर्ने धारणा उनले राखे । सस्तो लोकप्रियतातर्फ नलाग्न कलाकारलाई उनको आग्रह थियो ।

तीजलाई नयाँ पुस्तासम्म पुर्‍याउन संस्थानले कार्य गरिरहेको उनले बताए । संगीत सेन्सर गर्नुपर्ने धारणा राख्नै यस्तो व्यवस्था गरिए नियमन निकायको रुपमा संस्थानले कार्य गर्ने बताए । ‘यसका लागी हामीले सरकार समक्ष पत्र पनि पठाईसकेका छौं’ उनले भने ।

सार्वजनिक ११ मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा ‘काली पसम की’, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘सीताका माईती’, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा ‘बाबाको आगनी’, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा ‘सारी लरक्कै’, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा ‘फेरी आयो तीज’, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा ‘कालो कपाल पारेर फरर’, उमा श्रेष्ठको स्वरमा ‘मैदानैमा ताल’, सुनिता बुढा क्षेत्रीको स्वरमा ‘चेलीलाई माइती’, सरस्वती लामिछानेको स्वरमा ‘सैनाले दिएको ऐना’, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा ‘म राम्रो कि ऊ राम्रो भन्देऊ’ र शान्तिश्री परियारको स्वरमा ‘यसपालीको तीज रमाइलो’ छन् ।

लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सामूहिक रुपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकलाई बधाई दिए । सजर्कलाई मौलिकता नबिर्सिदिन उनले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै