धरानमा नक्कली प्रहरी बनेर चन्दा असुली गर्दै आएका व्यक्ति पक्राउ – Sagarmathapana:: Online News Portal

धरानमा नक्कली प्रहरी बनेर चन्दा असुली गर्दै आएका व्यक्ति पक्राउ

   २०८२ पुष २८ गते  

धरान।आफू प्रहरीको घुमुवा हुँ भन्दै होटल तथा रेष्टुरेन्टहरूबाट चन्दा असुली गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन्।

धनकुटा घर भएका ३५ वर्षीय धनबहादुर राईलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति पक्राउ गरेको हो। राईले लामो समयदेखि धरानका विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा प्रहरी हुँ भनी डर–त्रास देखाउँदै अवैध रूपमा चन्दा असुली गर्दै आएको प्रहरीको भनाइ छ।

शनिबार राति पनि यसैगरी चन्दा उठाइरहेका बेला सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा राईले आफू प्रहरी नभएको स्वीकार गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही अघि बढाइने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै