जुवातास खेलिरहेको हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार सहित ११ जना पक्राउ – Sagarmathapana:: Online News Portal

जुवातास खेलिरहेको हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार सहित ११ जना पक्राउ

   २०८१ श्रावण २७ गते  

काठमाडौं– काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसहित ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आचार्य ‘सक्किगोनि’मा  प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रुपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै