कोशी प्रदेश सरकारमा मोरङको वर्चस्व,४ मन्त्री मोरङबाट नियुक्त – Sagarmathapana:: Online News Portal

कोशी प्रदेश सरकारमा मोरङको वर्चस्व,४ मन्त्री मोरङबाट नियुक्त

   २०८२ पुष २३ गते  

विराटनगर।कोशी प्रदेश सरकारमा मोरङ जिल्लाको उल्लेखनीय वर्चस्व देखिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मंगलबार एमाले र कांग्रेसबाट ४–४ मन्त्री तथा १–१ राज्यमन्त्री नियुक्त गरेका छन् । नियुक्त भएका मन्त्रीहरूमध्ये मोरङबाट मात्रै ४ जना मन्त्री बनेका छन् ।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका भीम पराजुली, मानबहादुर लिम्बू तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ मोरङ जिल्लाका हुन् । यस्तै एमालेबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका उमाकान्त गौतम पनि मोरङकै हुन् ।

एमालेबाट विदुर लिङथेप आर्थिक मामिला तथा योजना, चिन्तन (तिलचन) पाठक खानेपानी, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन तथा रामकुमार महतो सामाजिक विकास मन्त्री बनेका छन् । उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन, वन तथा वातावरण, मानबहादुर लिम्बू स्वास्थ्य तथा इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै कोशी प्रदेश सरकारमा मोरङ जिल्लाको प्रतिनिधित्व बलियो देखिएको छ ।

Sagarmatahapana

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै