मुकुम्लुङ क्षेत्रमा केबलकार खारेजीको माग,चरणबद्ध आन्दोलन घोषणा – Sagarmathapana:: Online News Portal

मुकुम्लुङ क्षेत्रमा केबलकार खारेजीको माग,चरणबद्ध आन्दोलन घोषणा

   २०८२ पुष १८ गते  

ताप्लेजुङ।मुकुम्लुङ ताङसेप चुम्भो तथा मुकुम्लुङ संरक्षण 

अन्तरदलीय संघर्ष समितिले मुकुम्लुङ संरक्षणका मागसहित 
पत्रकार सम्मेलन आयोजना गरेको छ। समितिले मुकुम्लुङ 
क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना तत्काल 
खारेज गर्न सरकारसँग माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका प्रतिनिधिहरूले विगत ६ वर्षदेखि निरन्तर आन्दोलन गर्दै आए पनि राज्य पक्ष गम्भीर नभएको आरोप लगाए। उनीहरूले मुकुम्लुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता बोलाउन तथा आन्दोलनकारीमाथि लगाइएका सबै मुद्दा खारेज गर्न माग गरेका छन्।


समितिले केबलकार निर्माणका नाममा मानवअधिकार उल्लंघन भएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग अघि सारेको छ।

पत्रकार सम्मेलनमार्फत समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। जसअनुसार मेची राजमार्ग र तमोर करिडोर केन्द्रित विरोध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउँदै जनस्तरमा चेतना अभियान सञ्चालन गर्ने जानकारी पनि गराएको छ। मुकुम्लुङ क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई जोगाउन सबै पक्ष एकजुट हुनुपर्ने समितिको आग्रह छ।

तस्बिर:चिसेफायु मिडिया

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै