नेफिन सुनसरीको जिल्ला अधिवेशन विवादमा नेपाल शेर्पा संघको आपत्ति,उम्मेदवारी बिना सहसचिवमा निर्वाचित – Sagarmathapana:: Online News Portal

नेफिन सुनसरीको जिल्ला अधिवेशन विवादमा नेपाल शेर्पा संघको आपत्ति,उम्मेदवारी बिना सहसचिवमा निर्वाचित

   २०८२ पुष १७ गते  

धरान।नेपाल शेर्पा संघ, जिल्ला कार्यसमिति सुनसरीले नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सुनसरीको छैठौं जिल्ला अधिवेशनको बन्दसत्र तथा निर्वाचन प्रक्रियाप्रति गम्भीर आपत्ति र असहमति जनाएको छ।

संघले अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदन, बन्दसत्र सञ्चालन र निर्वाचन प्रक्रिया विधिसम्मत, पारदर्शी तथा समावेशी नभएको आरोप लगाएको छ। ऐतिहासिक रूपमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै आएको संस्थाको गरिमा र मर्म विपरीत ढंगले प्रक्रिया अघि बढाइएको भन्दै संघले आपत्ति जनाएको हो।
पत्रमार्फत नेपाल शेर्पा संघले बन्दसत्रमा व्यक्तिगत पूर्वाग्रह, आरोप–प्रत्यारोप र समूह विशेषलाई लक्षित गरी निर्णय लादिएको उल्लेख गरेको छ। साथै, सो प्रक्रियामा नेपाल शेर्पा संघ सुनसरीलगायत केही संस्थाहरूले प्रतिवेदन अस्वीकार गर्दै बन्दसत्र बहिष्कार गरेको पनि जनाइएको छ।

संघका अनुसार, विवादित बन्दसत्रकै आधारमा निर्वाचन समिति गठन गरिनु गम्भीर त्रुटिपूर्ण प्रक्रिया हो। त्यसपछि सम्पन्न भनिएको निर्वाचनमा सहभागी भई निर्वाचित गरिएका प्रतिनिधिहरूको वैधतामाथि प्रश्न उठ्दै आएको संघको दाबी छ।

नेपाल शेर्पा संघले विधि र प्रक्रिया मिचेर गरिएका निर्णय तत्काल सच्याउन, निष्पक्ष र समावेशी ढंगले प्रक्रिया पुनः अघि बढाउन माग गरेको छ। साथै, आदिवासी जनजाति आन्दोलनको मर्म, भावना र ऐतिहासिक मूल्यलाई कमजोर पार्ने कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।

संघले आवश्यकता परे कानुनी उपचार खोज्नेसमेत चेतावनी दिएको छ।

अधिवेशनलाई लिएर किरात राई यायोक्खा सुनसरी सचीव शम्भु राईले समेत असन्तुष्टि पोखेका छन । उनले सामाजिक संजालमा लेखेका छन – ” कहि नभएको जात्रा हाँडिगाँउमा । आदिवासी जनजाति महासंघ सुनसरीको छैटौं जिल्ला अधिवेशनमा त्यही देखियो । १९ वटा जातिय संस्थामा ८ वटा संस्थाले अधिवेशन बहिष्कार,६ वटा संस्था सहभागी नै नभएको,५ वटा संस्थाको कार्यक्रम हलभित्र कोठे बन्दसत्र ।” महासंघमा निवर्तमान अध्यक्ष राम माण्डुपा राई यायोक्खाबाट करिब १ दशकदेखि अध्यक्ष पदमा थिए ।

अधिवेशनले ११ सदस्यीय समिति चयन गरिएको छ ।महासंघको विधान नियमावली अनुसार ४ उपाध्यक्ष मध्ये २ जना महिला हुनुपर्ने उल्लेख छ । तर सबै पुरुष भएपछि त्यो पनि विधान सम्मत नभएको दाबी र महिलाको स्थान पुरुषले ओगटेको असन्तुष्टिसंगै विवाद चुलिएको छ ।

यस विषयमा अधिवेशन निर्वाचन मण्डलका संयोजक सुजेन्द्र तामाङ्संग बुझ्दा आफुलाई पत्र नदिएको दाबी गरे । ङावालप्टुमाथी पेश भएको आर्थिक प्रतिवेदनप्रति असन्तुष्टि भएको कुरा आएपनी सहसचिव पदमा उम्मेदवारी दिएको बताए । सुजेन्द्र तामाङ राम माण्डुपालाई फटाई गरिरहेको भन्ने आरोप लागिरहँदा मनोनयन नै दर्ता नगरी निर्वाचित गराउनु अर्को फटाईको पुष्टि भएको भन्ने प्रश्नमा मनोनयन दर्ता भएको आफुले सबै कागजात बुझाएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै