सुनसरीको लौकहीबजार तनावग्रस्त,सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

सुनसरीको लौकहीबजार तनावग्रस्त,सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

   २०८२ पुष १७ गते  

विराटनगर।सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्र तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन्।

प्रहरी स्रोतका अनुसार बिहीबार बिहान करिब १ः१० बजे कोसी गाउँपालिका–१, पुरी टोलमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले गोली चलाएको थियो। सोही क्रममा स्थानीय बासिन्दा विजय साह घाइते भएका थिए। गम्भीर अवस्थामा रहेका साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनापछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले भीड तितरबितर पार्न हवाई फायर समेत गरेका थिए।

हाल उक्त क्षेत्रमा थप सुरक्षा फौज परिचालन गरिएको छ भने अवस्था तनावपूर्ण रहेको छ। घटनाको विस्तृत छानबिन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै