राष्ट्रिय कृषि नीतिमा सहकारीको भूमिका बढाइनुपर्ने सरोकारवालाको माग – Sagarmathapana:: Online News Portal

राष्ट्रिय कृषि नीतिमा सहकारीको भूमिका बढाइनुपर्ने सरोकारवालाको माग

   २०७८ श्रावण २५ गते  

 

कीर्तिपुर । राष्ट्रिय कृषि नीति २०७७ (मस्यौदा) मा सहकारीको भूमिकाबारे आइतबार राष्ट्रिय किसान आयोगमा छलफल भएको छ । राष्ट्रिय कृषि नीति २०६१ मा आएपनि त्यसलाई समसामायिक बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मस्यौदा तयार पारेको छ । यसमा सहकारीको विषयहरु केकस्ता हुन सक्छन् भनेर आज राष्ट्रिय किसान आयोगले सरोकारवाला निकायसंग छलफल गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड लगायत विभिन्न नौ सहकारी महासंघका पदाधिकारीहरुको छलफलमा उठेका कुरालाई सकेसम्म राष्ट्रिय कृषि नीतिमा समेट्ने उद्देश्यले यस कार्याक्रमको आयोजना गरिएको आयोगका सदस्य टेकबहादुर बोगटीले बताए ।

यस्ता नीति बन्दा सरोकारवाला निकायसंग छलफल धेरै हुने गरेपनि पारित हुने बेला गोजीबाट झिकेकै मस्यौदा पारित गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवाला निकायले माग गरेका छन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कडेलले नीति धेरै बनेका छन् तर ति कार्यन्वयनमा आउन नसक्दा किसानले त्यसको लाभ लिन नसकेको बताए ।

कार्यक्रममा जुनार केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष दीपकप्रसाद कोइराला,कृषि वीउ, तरकारी तथा फलफूल केन्द्रीय संघका अध्यक्ष विनोद पराजुली,नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुनप्रसाद पोखरेल, नेपाल केन्द्रीय जडिबुटी सहकारी संघका अध्यक्ष इश्वरीप्रसाद पाण्डे,राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगाल लगायत सदस्यहरु टेकबहादुर बोगटी, पुष्पा भुसाल लगायतको सहभागिता थियो । आयोगमा नयाँ पदाधिकारी आएको ३ महिनामा भएको यो पहिलो फिजिकल छलफल हो । यसअघिका सवै कार्यक्रम भर्चुअल मात्रै गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै