खोटाङमा प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति मजबुत सहसचिव रेखा कडेल प्रमुख जिल्ला अधिकारी नियुक्त – Sagarmathapana:: Online News Portal

खोटाङमा प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति मजबुत सहसचिव रेखा कडेल प्रमुख जिल्ला अधिकारी नियुक्त

   २०८२ पुष १५ गते  

काठमाडौं।खोटाङ जिल्लाले नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पाएको छ।गृह मन्त्रालयको निर्णयअनुसार सहसचिव रेखा कडेल खोटाङको प्रमुख जिल्ला अधिकारीका रूपमा नियुक्त भएकी छन्।

नवनियुक्त प्रजिअ कडेलसँगै खोटाङ जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) का रूपमा उपसचिव कोपिला राई कार्यरत रहेकी छन्। यससँगै जिल्ला प्रशासन कार्यालय खोटाङमा प्रमुख र सहायक दुवै नेतृत्व तहमा महिला अधिकारीको उपस्थिति सुनिश्चित भएको छ।


प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता र नेतृत्वलाई थप सुदृढ बनाउने यो नियुक्तिलाई सकारात्मक रूपमा हेरिएको छ। स्थानीय प्रशासन, सुरक्षा संयोजन, सेवा प्रवाह तथा सुशासन प्रवर्द्धनमा महिला नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ।

खोटाङ जिल्लामा यसअघि विभिन्न प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएकी कडेल र राई दुवै अनुभवी प्रशासकका रूपमा परिचित छन्। उनीहरूको नेतृत्वमा जिल्लाको प्रशासनिक कामकाज थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री हुने विश्वास लिइएको छ।

महिला नेतृत्वको यो उदाहरणले सार्वजनिक प्रशासनमा लैङ्गिक समानता र समावेशीकरणलाई थप बल पुर्‍याउने सरोकारवालाहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै