एमाले कोशी प्रदेश कमिटीद्वारा ‘प्रतिगमन’ विरुद्ध सशक्त आन्दोलनको घोषणा – Sagarmathapana:: Online News Portal

एमाले कोशी प्रदेश कमिटीद्वारा ‘प्रतिगमन’ विरुद्ध सशक्त आन्दोलनको घोषणा

   २०८२ पुष ८ गते  

काठमाडौं।नेकपा एमाले कोशी प्रदेश कमिटीले पछिल्लो राजनीतिक घटनाक्रमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ।

प्रदेश कमिटीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत २४ भदौमा चालिएको कदमले लोकतन्त्र र संविधानमाथि गम्भीर प्रहार गरेको दाबी गरेको हो।एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हालै सम्पन्न पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको नेतृत्वमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाए।

उनले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको रक्षा गर्न प्रतिनिधिसभाको पुनर्स्थापनासहित राजनीतिक संकट समाधान आवश्यक रहेको बताए। साथै, सबैखाले प्रतिगमनकारी षड्यन्त्रविरुद्ध एकताबद्ध भएर उभिन प्रदेश कमिटीले आह्वान गरेको छ।

एमाले कोशी प्रदेश कमिटीले लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्धिक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी–व्यवसायी, युवा, विद्यार्थी तथा आम नागरिकलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै