घटनाहरूलाई ढाकछोप होइन सुधार गर्नुपर्छ’ सांसद प्रभु साह – Sagarmathapana:: Online News Portal

घटनाहरूलाई ढाकछोप होइन सुधार गर्नुपर्छ’ सांसद प्रभु साह

   २०८१ श्रावण २४ गते  

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकमा बोल्दै सांसद प्रभु साहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताए । उनले घटनाहरूलाई ढाकछोप गर्ने कि सुधार गर्ने भन्दै प्रश्न समेत गरे ।

‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ । राज्य भनेको मान्छे मार्नलाई हो ?’ उनले थोत्रो हेलिकोप्टर उडाएर मान्छे मारेको देखिएको भन्दै हेलिकोप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो भनेर प्रश्न गरे ।

प्रतिनिधि सभाका सांसद प्रभु साहले सौर्य एयरको विमान दुर्घटना भएको केही दिनमै बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पर्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको इमेज ध्वस्त भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै