हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गरिने – पर्यटन तथा नागरिक उड्डयनमन्त्री – Sagarmathapana:: Online News Portal

हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गरिने – पर्यटन तथा नागरिक उड्डयनमन्त्री

   २०८१ श्रावण २४ गते  

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गरिने बताएका छन्।

बिहीबार भएको प्रधानमन्त्रीसँग छलफलपछि मन्त्री पाण्डेले समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने बताएका हुन्।
हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताए। विगतमा पनि अनुसन्धान हुने, प्रतिवेदन बुझाउने तर दुर्घटना भइरहने समस्या देखिएको भन्दै मन्त्री पाण्डेले त्यस्तो अवस्था अब अन्त्य गर्नुपर्ने बताए।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाइ दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै