नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा राजधानीका १३ शाखामा विस्तार
काठमाडौँ।नबिल बैंक लिमिटेडले आफ्नो सेवा प्रवाहलाई अझ प्रभावकारी र आधुनिक बनाउन अपोइन्टमेन्ट बैंकिङ सेवाको दायरा विस्तार गरेको छ।यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयमा सीमित यो सेवा अब काठमाडौँ उपत्यकाका १३ शाखामा सञ्चालनमा आएको बैंकले जनाएको छ।
बैंकका अनुसार यो सेवा विशेषतः व्यस्त पेशाकर्मी, व्यवसायी तथा समय अभाव भएका ग्राहकलाई लक्षित गरिएको छ। ग्राहकले आफू अनुकूल समय छनोट गरी बैंकमा आउनेबित्तिकै झन्झटबिनाको छिटो सेवा पाउन सक्ने व्यवस्था गरिएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेवा विस्तारले ग्राहक–बैंक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
“नबिल बैंक ग्राहकलाई सहज, छरितो र आधुनिक सेवा प्रदान गर्न सदैव प्रतिबद्ध छ। अपोइन्टमेन्ट बैंकिङले सेवा अनुभवलाई झनै सरल र प्रभावकारी बनाउनेछ,” ज्ञवालीले भने।
नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा राजधानीका १३ शाखामा विस्तार कुन–कुन शाखामा सेवा उपलब्ध ?


नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा हाल उपत्यकाका यी १३ शाखामा सञ्चालनमा छः
कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वर।
अपोइन्टमेन्ट बैंकिङका प्रमुख सुविधाहरू
नगद तथा चेक कारोबार लाइनमा बसेर कुर्नु नपर्ने
डिजिटल माध्यमको प्रयोगले सेवा अझ छरितो र व्यवस्थित
नबिल बैंकको वेबसाइट वा NBank एप मार्फत सजिलै अपोइन्टमेन्ट लिन सकिने
चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा सक्रिय नबिल बैंकले देशभरका २६८ शाखा र ३२१ एटिएम मार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।












