सिद्धार्थ बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न,१०.५३% लाभांश पारित – Sagarmathapana:: Online News Portal

सिद्धार्थ बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न,१०.५३% लाभांश पारित

   २०८२ कार्तिक ३० गते  

काठमाडौँ।सिद्धार्थ बैंक लिमिटेडले आइतबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो २४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले चालु आर्थिक वर्षका लागि सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

लाभांश संरचना अनुसार सेयरधनीहरूले ५ प्रतिशत बोनस सेयर तथा ५.५३ प्रतिशत नगद लाभांश (करसहित) प्राप्त गर्नेछन्।

सभाले सञ्चालक समितिको भत्ता तथा सुविधामा आवश्यक संशोधन गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कार्यक्रममा सहभागी सेयरधनीहरूले बैंकको व्यवस्थापन तथा सञ्चालनप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी वर्षमा अझ आकर्षक लाभांश वितरण गर्न सुझाव दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै