नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा साढे २१ करोड नाफा,व्यवसायिक वृद्धि दोहोरो अंकमा – Sagarmathapana:: Online News Portal

नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा साढे २१ करोड नाफा,व्यवसायिक वृद्धि दोहोरो अंकमा

   २०८२ कार्तिक २८ गते  

काठमाडौँ।जीवन बीमा बजारमा निरन्तर अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार,यो नाफा गत वर्षको सोही अवधिभन्दा ४.९४ प्रतिशतले बढेको हो।गत वर्ष यसै अवधिमा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा नेपाल लाइफले खुद बीमा शुल्कबाट १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको पहिलो त्रैमासको ११ अर्ब ८१ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा १३.१८ प्रतिशतले धेरै हो।दोहोरो अंकको यस वृद्धि कारण कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको छ।

यस अवधिमा नेपाल लाइफको कुल आम्दानी २.१५ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।त्यस्तै,कुल खर्च पनि ४.३० प्रतिशतले बढ्दै १७ अर्ब २८ करोड रुपैयाँमा पुगेको छ।

कम्पनीले ग्राहकलाई गरेको दाबी भुक्तानी ३.६७ प्रतिशतले वृद्धि भई १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको दाबी व्यवस्थापन प्रणाली अझै मजबुत हुँदै गएको संकेत गर्छ।

वित्तीय सूचकांकहरू

वित्तीय विवरणअनुसार—

चुक्ता पुँजी: ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ

महाविपत्ति कोष: १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ

EPS: ९.५५ रुपैयाँ

प्रतिशेयर नेटवर्थ: १३८.९९ रुपैयाँ

नेपाल लाइफले बजार नेतृत्व कायम राख्दै आगामी त्रैमासहरूमा पनि स्थिर नाफा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै