सानिमा बैंकको नयाँ सिइओमा पवन कुमार आचार्य नियुक्त – Sagarmathapana:: Online News Portal

सानिमा बैंकको नयाँ सिइओमा पवन कुमार आचार्य नियुक्त

   २०८२ कार्तिक २५ गते  

काठमाडौं।सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।हालका सिइओ निश्चल पाण्डेको कार्यकाल सकिएपछि आचार्यले आगामी माघ १२ गतेदेखि औपचारिक रूपमा पदभार सम्हाल्ने भएका छन्।

कात्तिक २४ गते सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई आगामी सिइओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।


आचार्य सानिमा बैंक स्थापनादेखि नै बैंकसँग आबद्ध रहँदै आएका अनुभवी बैंककर्मी हुन्। उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) का रूपमा हाल कार्यरत थिए।

रिस्क म्यानेजमेन्ट र कर्जा क्षेत्रका विशेषज्ञ आचार्यले सानिमा बैंकको लाइसेन्स प्रक्रिया सुरु गर्ने क्रममा राष्ट्र बैंकसँग सहकार्य गर्ने महत्वपूर्ण भूमिका खेलेका थिए। बैंक स्थापनाभन्दा पहिलेदेखि नै उक्त समूहसँग जोडिएका उनले इन्जिनियरिङ र एमबीए दुवै तहका अध्ययन पूरा गरेका छन्।

बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दहालका अनुसार, आचार्य विद्यार्थी जीवनदेखि नै उत्कृष्ट रहेका व्यक्ति हुन्। उनले एसएलसीमा नेपालभर तेस्रो स्थान हासिल गर्दै आफ्नो प्रतिभा देखाएका थिए।

हालका प्रमुख कार्यकारी अधिकृत निश्चल पाण्डेको कार्यकाल आगामी माघ ११ गते समाप्त हुँदैछ। त्यसपछिका दिनदेखि आचार्यले बैंकको नेतृत्व सम्हाल्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै