काठमाडौं, ललितपुर र भक्तपुर मंगलवार रातिको अविरल वर्षाका कारण डुबानमा
काठमाडौं । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरुमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरु पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ ।


नदी छेउका सडकहरुमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् । कतिपय विद्यालयहरु बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । नदी छेउका नागरिकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरु लेदो पानीले भरिएको देख्न सकिन्छ ।















