चलचित्र निर्माता संघको सदस्यमा रामप्रसाद रिजाल मनोनित – Sagarmathapana:: Online News Portal

चलचित्र निर्माता संघको सदस्यमा रामप्रसाद रिजाल मनोनित

   २०८१ श्रावण १३ गते  

काठमाडौं। चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विज्ञप्ति जारी गर्दै निर्माता रामप्रसाद रिजाललाई चलचित्र निर्माता संघको सदस्य पदमा मनोनीत गरिएको जानकारी दिएका छन् ।
रिजालले सदस्य पदमा रहेर नेपाली फिल्म क्षेत्रको विकास र निर्माताहरुको हक हितमा काम गर्ने विश्वास संघको छ ।
निर्माता संघमा रहेर आफूले निर्माताहरुको हकहितमा काम गर्ने प्रतिक्रिया रिजालले दिएका छन् ।
रामप्रसाद रिजालले ‘कसम, धुवाँ यो नशा, डिसेम्बर फल्स’ लगायतका फिल्म निर्माण गरेका छन् । उनी, चाँडै नै फिल्म ‘काजी’ निर्माणको तयारीमा पनि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै