सेजनमा नयाँ नेतृत्व चयन, भागवत भट्टराई अध्यक्षमा निर्वाचित – Sagarmathapana:: Online News Portal

सेजनमा नयाँ नेतृत्व चयन, भागवत भट्टराई अध्यक्षमा निर्वाचित

   २०८२ भाद्र २१ गते  

काठमाडौं।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं अधिवेशन तथा साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले भागवत भट्टराईलाई अध्यक्षमा निर्वाचित गरेको छ । भट्टराईले ११० मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी विश्वास रेग्मीले ९२ मत प्राप्त गरे भने अर्की उम्मेदवार आशा थपलियाले ४१ मत पाएकी थिइन् ।

त्यस्तै, महासचिवमा कमलकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले १३९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत ल्याए । कोषाध्यक्षमा केशु लामिछाने १३३ मतसहित निर्वाचित भएकी छिन् । उनकी प्रतिस्पर्धी ममता थापाले १०८ मत पाइन् ।

यसैगरी, उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यतर्फ अर्जुन तामाङ (१४१), कमल धिताल (१८५), भोजराज भण्डारी (१४६), राजु बास्कोटा (१५९) र सिमा तामाङ (१६२) विजयी भएका छन् ।

सेजनको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै