सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक दुर्घटनामै बिलाए
काठमाडौँ। सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परेका छन्।सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख, मर्मत म्यानेजर समेत दुर्घटनामा परेका हुन्।
सौर्य एयरलाइन्सका अनुसार सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल, अपरेसन डाइरेक्टर क्यापटेन मनिसरत्न शाक्य, दिलिप बर्मा क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्मा रहेका छन्।
क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए। क्याप्टेन मनिषरत्न शाक्य २०१२ मा स्रिमिक एयरलाइन्सबाट उडान शुरु गरेका थिए। करिब ३ वर्ष सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरको रुपमा काम गरे।
शाक्य २०१४ देखि सिम्रिक एयरलाइन्समा सुरु गरे। पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन रहेका छन्। शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरेका हुन्।












