काभ्रेपोस्ट साप्ताहिकले आफ्नो स्थापना २५ औ वर्ष प्रवेश गरेको अवसरमा पत्रकारहरुलाई सम्मानगरे – Sagarmathapana:: Online News Portal

काभ्रेपोस्ट साप्ताहिकले आफ्नो स्थापना २५ औ वर्ष प्रवेश गरेको अवसरमा पत्रकारहरुलाई सम्मानगरे

   २०८१ श्रावण ७ गते  

काठमाडौं। नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, सचिव गोविन्द चौलागाई, राजनीतिक दलका नेताहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लाबाट प्रकाशन भईरहेका संचारमाध्यमका प्रमुख तथा प्रतिनिधि र कृयाशिल संचारकर्मीहरु लगायतको सहभागिता रहेको कार्यक्रममा कोशिपारी पत्रकारिता पुरस्कारबाट केदार तिमल्सिना र ज्योती श्रेष्ठलाई सम्मान गरिएको छ।

काभ्रे जिल्लाबाट प्रकाशन भईरहेको काभ्रेपोस्ट साप्ताहिकले आफ्नो स्थापना दिवासको २४ वर्ष पुरा गरी २५ औ वर्ष प्रवेश गरेको अवसरमा विभिन्न समयमा पत्रिकालाई योगदानु पु¥याएका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

सम्पादक इश्वरी ओझा लगायतलाई सोहि अवसरमा सम्मान गरिएको थियो । पुर्व कर्मचारी र हाल कार्यरत कर्मचारीहरुलाई पनि पत्रिकाको स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो ।

पत्रिका प्रकाशन प्रालीका अध्यक्ष राधिका चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । बस्नेतले काउन्सिलको भूमिका, सरकारले बनाउन लागेको मिडिया काउन्सिल, बदलिँदो अवस्थामा संचारमाध्यमको भूमिका लगायतका विषयमा धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै