ट्राफिक प्रहरी सविता रावल सम्मानित
काठमाडौँ।मानवीय सेवाभावका कारण चर्चामा आएकी ट्राफिक प्रहरी सविता रावललाई प्रशंसापत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको छ।
केही दिनअघि चितवनमा आमा बितेका कारण तत्काल घर फर्कनुपर्ने अवस्थामा रहेका एक व्यक्तिलाई साहुले पैसा नदिएकाले गाडीभाडा नपाएर काठमाडौँको कलंकीमा अलपत्र पर्नु परेको थियो। सो क्रममा गुहार मागिरहेका ती व्यक्तिलाई आफ्नै तर्फबाट ५०० रुपैयाँ उपलब्ध गराई घर फर्कने व्यवस्था मिलाइदिनु भएको थियो।
रावलको यो सहृदयतापूर्ण कार्यप्रति उच्च प्रशंसा भएको छ। सेवाग्राहीमैत्री व्यवहार र असल नागरिकको आदर्श प्रस्तुत गरेको भन्दै उनलाई प्रशंसापत्रसहित नगद पुरस्कार प्रदान गरिएको हो।












