वीरगञ्ज भित्रका विद्यालयहरू १३ भदौसम्म बन्द – Sagarmathapana:: Online News Portal

वीरगञ्ज भित्रका विद्यालयहरू १३ भदौसम्म बन्द

   २०८२ भाद्र ११ गते  

काठमाडौं-वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । सहरभरी हैजा फैलिएका कारण थप संक्रमणवाट जाेगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्याहरू बन्द आह्वान गरेको थियो ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै