झापाली समाज युएईको ५औं अधिवेशन सम्पन्न,अध्यक्षमा लोकेश कोईराला चयन
दुबई।झापाली समाज युएईको ५औं अधिवेशन भदौ १ (अगष्ट १७) का दिन दुबईमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख आतिथ्य नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले गर्नुभयो । उहाँले झापाली समाज युएईले गर्दै आएको उदाहरणीय सामाजिक गतिविधिको प्रशंसा गर्दै अन्य समाजहरुले पनि यसबाट सिक्नुपर्ने सुझाव दिनुभयो ।

विशेष अतिथि नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद साप्कोटाले झापाली समाजका कामलाई प्रेरणादायी भने भने अर्का विशेष अतिथि तथा पुर्व अध्यक्ष बेदप्रसाद अर्यालले समाजले गर्ने हरेक कार्य स्मार्ट र प्रभावकारी हुने स्मरण गर्नुभयो । त्यस्तै, प्रवासी नेपाली समन्वय विभाग युएईका अध्यक्ष सुजन थापाले झापाली समाज युएईले सामाजिक सेवामा बनाएको विशेष पहिचानलाई निरन्तरता दिनुपर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
अधिवेशनले नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटा संयोजक रहेको निर्वाचन समितिको संयोजनमा नयाँ कार्यसमिति गठन गरेको छ । जसअनुसार आगामी कार्यकाल (२०२५–०२६) का लागि लोकेश कोईराला अध्यक्ष चयन भएका छन् ।
नवनिर्वाचित समितिमा उपाध्यक्षमा रत्न सापकोटा र विष्णु दंगाल, महासचिवमा रामकुमार राउत, सचिवमा भरत बुढाथोकी र भुपेन्द्र आचार्य, कोषाध्यक्षमा प्रेम अधिकारी, सह–कोषाध्यक्षमा काशीनाथ ढकाल तथा सदस्यमा समीर आलम चयन भएका छन् ।
कार्यक्रममा झापाली समाज युएईले सामाजिक सहयोगलाई निरन्तरता दिँदै नेपाली समाज युएईको उद्धार कोषका लागि पाँच सय दिराम सहयोग गरेको घोषणा गरियो । अधिवेशनले महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गर्दै समाजको खातामा करिब ३० लाख रुपैयाँ जम्मा भएको जानकारी गराएको थियो । यसै कोषबाट हाल झापाका १५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको पनि उल्लेख गरियो ।
सोही अवसरमा विभिन्न संघ–संस्था तथा सामाजिक अभियन्ताहरुले निवर्तमान अध्यक्ष अमरराज राईको कार्यकाल सफल भएको भन्दै आभार प्रकट गरेका थिए । कार्यक्रममा युएईका विभिन्न क्षेत्रीय अध्यक्षहरु, सल्लाहकारहरु र सयौं झापालीहरुको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।












