प्रधानमन्त्रीओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काममा प्राथमिकता दिने
काठमाडौँ,। आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ। उहाँले अहिले काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताउनुभयो।
उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिनताको अन्त्य गर्ने बताउनुभयो। उहाँले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताउनुभयो।
उहाँले तोकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानुन अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताउनुभयो। उहाँले परियोजनाको लागत वृद्धि हुन नदिने बताउनुभयो।
प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ।












