दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनको २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सोमबार अदालतको वाणिज्य इजलासमा बसेको इजलासले उक्त आदेश जारी गरेको हो।
मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले प्रसाईंलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको कर्जा अपचलन गरेको आरोपमा मुद्दा दायर भएको थियो।
यसअघि उनलाई कर्जाको दुरुपयोग तथा बैंकिङ क्षेत्रको नियमनविपरीत कार्य गरेको आरोपमा पक्राउ गरिएको थियो। अदालतको आदेशपछि अब उनी धरौटी बुझाएर रिहा हुन सक्नेछन्।