दुबईमा आयोजित ‘नेपाल फेस्टिबल -२०२५’को आय व्यय सार्वजनिक
अवुधावी।यूनाईटेड अरव ईमिरेट्स (यूएई) को दुबईमा गत २० अप्रीलमा नेपाली कला, संस्कृति, र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल फेस्टिबल २०२५ को आयव्यय सार्वजनिक गरेको छ ।


एनआरएनए, एनसिसी (एन ए) यूएईले हिजो भर्चुअल माध्यम मार्फत आयोजना गरेको प्रेस मिटमा करिब १ लाख ५२ हजार रुपैयॅा (४ हजार ६९ दिराम) नाफा भएको जानकारी दिएको छ ।चार्टर्ड एकाउन्टेन्ट थानेश्वर सापकोटाले प्रस्तुत गर्नु भएको आयव्यय विवरणमा आम्दानी तर्फ करिव १ करोड २३ लाख रुपैयॅा (३ लाख २८ हजार दिराम ) र खर्च तर्फ करिव १ करोड २१ लाख ५० हजार रुपैयॅा (३ लाख २४ हजार दिराम) भएको जानकारी दिईएको थियो ।
एनआरएनए एनसिसी (एनए) का अध्यक्ष विकाश शाहीले पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिएका थिए । कार्यक्रममा अबुधावी दूतावासका प्रतिनिधिका रूपमा तृतिय सचिव बिकास भट्टराई, नेपाली समाजका अध्यक्ष राम मोक्तान, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा र पत्रकार महासॅघका अध्यक्ष मेघराज सापकोटा लगायतले आफ्नो भनाइ राखेका थिए ।
उक्त प्रेस मिटमा नेपाल फेस्टिवल २०२५ को आयोजक समिति, नेपाली राजदूतावास अबुधाबी युएई, नेपाली समाज युएई, नेपाल बिजनेस काउन्सिल युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ शाखा युएई साथै उक्त कार्यक्रममा सहकाॠ गर्ने विभिन्न संघ संस्थाहरू, प्रायोजकहरु स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
५० हजार भन्दा बढीको सहभागीता रहेको उक्त फेस्टिवलमा प्रवेश निशुल्क गरेको थियो ।












