नेपाल प्रहरीका २० जना डीएसपीको काज सरुवा, IGP थापाको एक वर्षे कार्यकालमा ठूलो चलखेल – Sagarmathapana:: Online News Portal

नेपाल प्रहरीका २० जना डीएसपीको काज सरुवा, IGP थापाको एक वर्षे कार्यकालमा ठूलो चलखेल

   २०८२ श्रावण ३ गते  

काठमाडौं।नेपाल प्रहरीका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आफ्नो एक वर्षे कार्यकाल पूरा गर्दै ठूलो संख्यामा डीएसपीहरूको काज सरुवा गरेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ। त्यस्तै, पर्यटकीय जिल्ला कास्कीको बैदाम इलाकामा नमराज भट्टराईको काज सरुवा गरिएको छ।

काज सरुवा गरिएको बाँकी अधिकृतहरूको नाम सार्वजनिक गरिएको छैन। प्रहरी कर्मचारी प्रशासन विभागका अनुसार, सरुवाबारे जानकारी सम्बन्धित प्रहरी अधिकृतहरूलाई मात्रै दिइएको छ।

विश्लेषकहरूका अनुसार, आईजीपी थापाको कार्यकालको एक वर्ष पुगेको अवसरमा गरिएको यो काज सरुवा रणनीतिक रूपमा महत्त्वपूर्ण हुनसक्ने आकलन गरिएको छ। विशेषगरी केही जिल्लाहरूमा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले अनुभवी अधिकृतहरूलाई जिम्मेवारी तोकिएको प्रहरी स्रोतले जनाएको छ।

थप जानकारी आउन बाँकी

हालका लागि केही स्थानहरूको मात्र विवरण बाहिरिएको छ भने बाँकी सरुवा विवरण प्रहरीले गोप्य रूपमा राखेको देखिन्छ। सरुवा प्रक्रिया पारदर्शी बनाउनुपर्ने मागसमेत प्रहरी संगठनभित्रै उठ्न थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै