नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजे – Sagarmathapana:: Online News Portal

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजे

   २०८२ असार ३२ गते  

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको आज दिउँसो ३ बजे शपथ हुने भएको छ । राजकुमार गुप्ता घुस डिलमा मुछिएपछि राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य न्यौपानेलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । उनले आजै पदभार ग्रहण गर्ने जनाईएको छ । राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल आगामी फागुनसम्ममात्रै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै