चलचित्र ‘सुम्निमा’ मा कुन्साङ बमजनको डेब्यु, मिलन चाम्सको निर्देशनमा तयार हुँदै प्रेमकथा – Sagarmathapana:: Online News Portal

चलचित्र ‘सुम्निमा’ मा कुन्साङ बमजनको डेब्यु, मिलन चाम्सको निर्देशनमा तयार हुँदै प्रेमकथा

   २०८२ असार ३१ गते  

काठमाडौँ।चलचित्र ‘बिर बिक्रम’, ‘लिली बिली’, ‘ब्लाइन्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ जस्ता सफल तथा फरक-फरक शैलिका फिल्म निर्देशन गरिसकेका निर्देशक मिलन चाम्स अब नयाँ प्रेमकथात्मक चलचित्र ‘सुम्निमा’ निर्देशन गर्दै छन्।

यस चलचित्रमा अभिनेता कुन्साङ बमजन डेब्यु गर्दै छन्। निर्देशक चाम्सको चलचित्रमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै बमजनले यसलाई आफ्नो करियरको महत्वपूर्ण मोड मानेका छन्। उनले भने, “सुम्निमा मेरो पहिलो फिल्म हो, यसलाई दिलोज्यान दिएर मेहनत गर्नेछु र आफूलाई प्रमाणित गर्नेछु।”

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा बन्ने ‘सुम्निमा’ विशुद्ध प्रेमकथा हुनेछ। चलचित्रको नामले नारी कथाको आभास दिलाए पनि निर्देशक चाम्सका अनुसार फिल्म प्रेममा आधारित हुनेछ। फिल्मकी मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन् भने अन्य कलाकार तथा प्राविधिकहरूको छनोट प्रक्रिया जारी छ।

चलचित्र अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी निर्माण गरिने निर्देशक चाम्सले बताएका छन्। राजीव थापाको लेखनमा तयार हुने फिल्मको छायांकन आगामी अगस्ट महिनामा लण्डन र नेपालमा गरिने योजना रहेको छ।

यसअघि चाम्स निर्देशित ‘अञ्जिला’ ले बायोपिक श्रेणीमा नेपाली बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक रेकर्ड कायम गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै