हलेसी तुवाचुङ नगरपालिकाबाट कृषकलाई यान्त्रिक उपकरण हस्तान्तरण, कम श्रममा बढी उत्पादनको अपेक्षा – Sagarmathapana:: Online News Portal

हलेसी तुवाचुङ नगरपालिकाबाट कृषकलाई यान्त्रिक उपकरण हस्तान्तरण, कम श्रममा बढी उत्पादनको अपेक्षा

   २०८२ असार ३० गते  

हलेसी,खोटाङ।हलेसी तुवाचुङ नगर-पालिकाले कृषिमा यान्त्रिकरणको प्रवर्द्धन गर्दै श्रम बचत गर्ने प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। नगरप्रमुख विमला राईको नेतृत्वमा कृषि क्षेत्रमा यान्त्रिक नवप्रवर्तनमार्फत उत्पादन बढाउने उद्देश्यका साथ आधुनिक उपकरणहरू कृषक समूहलाई हस्तान्तरण गरिएको हो।

DCRL सँगको सहकार्यमा, नगरभित्र व्यावसायिक कृषि गर्दै आएका विभिन्न वडाका दुई कृषक समूहलाई मकै छोडाउने मेसिन, ब्याट्रीबाट सञ्चालित स्प्रेयर, र सिकेचर जस्ता Labour Saving Technology वितरण गरिएको हो।

नगरप्रमुख राईले कृषिमा यान्त्रिक प्रविधिको प्रयोगमार्फत कम श्रम लागतमा बढी उत्पादन लिन सकिने विश्वास व्यक्त गरिन्। “हामीले कृषिमा आधुनिकता भित्र्याएर युवालाई कृषि रोजगारीमा आकर्षित गर्ने लक्ष्य लिएका छौं,” उहाँले भनिन्।

नगरपालिकाको यो पहलले कृषकको काम सजिलो बनाउने, उत्पादन लागत घटाउने र आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ। कृषकहरूले समेत उपकरण पाउँदा खुसी व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै