राजेशपायल राई दुबई जान लाग्दा जहाजबाटै फर्काइए
काठमाडौं । फ्लाई दुबईको जहाजमार्फत सांगितिक कार्यक्रम का लागी दुबई जान लागेका राजेशपायल राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो ।
‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले भन्यो ।
उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् ।












