विल्सनविक्रम राईको निर्देशनमा ‘मैझारो’ बन्ने, धिरज मगर अनुबन्धित – Sagarmathapana:: Online News Portal

विल्सनविक्रम राईको निर्देशनमा ‘मैझारो’ बन्ने, धिरज मगर अनुबन्धित

   २०८२ असार २३ गते  

काठमाडौं—अभिनेता तथा निर्माता विल्सनविक्रम राई (तक्मे बुढा) ले नयाँ फिल्म मैझारो निर्माण गर्ने भएका छन्। तक्मे प्रोडक्सन को ब्यानरमा बन्ने फिल्ममा विल्सन आफैंले लेखन र निर्देशन सम्हाल्ने छन्।

फिल्ममा युवा अभिनेता धिरज मगर मुख्य भूमिकामा देखिने निश्चित भइसकेको छ। “धिरजसँग सम्झौता भइसकेको छ, अहिले अरू कलाकारको छनोट प्रक्रियामा छौं,” विल्सनले बताए।

मैझारो सोसल, लभस्टोरी र कमेडीको मिश्रणमा आधारित हुने राईले जानकारी दिए। फिल्मको छायांकन साउन पहिलो सातादेखि इलाम र पाँचथरका रमणीय स्थानहरूमा सुरु गरिनेछ। छायांकन निर्देशक सौरभ लामा रहनेछन् भने संगीत अनमोल गुरुङ र तोरेम्पाहाङ राईले तयार गर्नेछन्।

विल्सन स्वयं अभिनय गर्ने नगर्ने विषयमा भने टुंगो लागिसकेको छैन। फिल्मबारे थप जानकारी चाँडै सार्वजनिक गरिने उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै