सरकारी सेवामा नयाँ कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने – Sagarmathapana:: Online News Portal

सरकारी सेवामा नयाँ कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

   २०८२ असार २१ गते  

काठमाडौं।अब सरकारी सेवामा नियुक्त हुने नयाँ कर्मचारीहरूका लागि पेन्सन र उपदानको व्यवस्था हटाइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने व्यवस्था सरकारले ल्याएको हो ।

अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र जारी गर्दै नयाँ व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको छ । मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली कार्यान्वयन नगरे उत्पन्न हुने दायित्व सरकारले नबेहोर्ने स्पष्ट गरेको छ ।

हाल देशमा कार्यरत कर्मचारी, मजदुर तथा अन्य श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनामा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन, २०७५’ कार्यान्वयनमा छन् । २०७५ सालदेखि निजी क्षेत्रका श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु भइसकेको छ ।

नयाँ प्रणाली कार्यान्वयनसँगै सरकारी पेन्सन प्रणालीमा थप सुधार र दीर्घकालीन दायित्व न्यूनीकरण हुने सरकारको अपेक्षा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै