खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्त हुने व्यवस्था लागू गरिनुपर्ने नेविसंघको माग – Sagarmathapana:: Online News Portal

खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्त हुने व्यवस्था लागू गरिनुपर्ने नेविसंघको माग

   २०८२ असार २० गते  

काठमाडौं।नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति गर्ने व्यवस्था लागू गर्न भनेको छ । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको ‘विद्यालय शिक्षा विधेयक, २०८०’ को सन्दर्भमा धारणा सार्वजनिक गर्दैै नेविसंघले शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा सतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति हुने व्यवस्था लागू गर्न भनेको हो ।

त्यस्तै, इसिडीको सहजकर्ताहरूले शिक्षकको मान्याता दिइनुपर्ने नेविसंघको माग छ । शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गरिनुपर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा राहत प्याकेज व्यवस्था गर्न नेविसंघले भनेको छ ।

साथै, नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने अडान कायमै राखेको छ । शिक्षा ऐन जारी नभए नेपाल विद्यार्थी संघ आन्दोलनका सशक्त कार्यक्रमहरू सार्वजनिक गर्नेसमेत नेविसंघको चेतावनी रहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै