चलचित्र विकास बोर्डद्वारा कलाकार शकुन्तला शर्मालाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं।चलचित्र विकास बोर्डले लामो समयदेखि मुटु रोगबाट पीडित कलाकार शकुन्तला शर्मालाई आर्थिक सहयोग गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक वसुधरा भुषालसहितको टोलीले शर्माको निवासमै पुगेर रु. ७५,०००/- को आर्थिक सहायता हस्तान्तरण गरेको हो।
शर्माको मुटुको दुबै भल्भमा समस्या रहेको र एक भल्भ ९८% तथा अर्को ७५% ब्लक भएको जनाइएको छ। उहाँ अहिले उपचाररत हुनुहुन्छ।
सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष डिसीले कलाकार शर्माको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै चलचित्र विकास बोर्ड चलचित्रकर्मीहरूका सुख-दुखमा सधैं साथमा रहेको प्रतिवद्धता दोहोर्याउनुभयो।













