काठमाडौंका पेट्रोल पम्पमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन – Sagarmathapana:: Online News Portal

काठमाडौंका पेट्रोल पम्पमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलन

   २०८१ असार ३ गते  

 

काठमाडौं । अहिले नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् । पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको  लामो लाइन लागेको छ । काठमाडौंका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको छ ।

भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएको हो ।

अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।

पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालक/सहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै