प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक सम्पन्न, नेतृत्वबारे बुझेर मात्र समाचार लेख्न अध्यक्ष पाण्डेको आग्रह – Sagarmathapana:: Online News Portal

प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक सम्पन्न, नेतृत्वबारे बुझेर मात्र समाचार लेख्न अध्यक्ष पाण्डेको आग्रह

   २०८२ असार १८ गते  

काठमाडौं।प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ। बैठक प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश अध्यक्ष श्री हरी थापा र प्रदेश इन्चार्ज श्रीधर पौडेलको संयोजनमा आयोजना गरिएको थियो।

उक्त बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष चेतन अधिकारी, उपाध्यक्ष कृपा भण्डारी, महासचिव हिरामान लामा, पत्रकार महासंघका केन्द्रिय सदस्य रामेश्वर कार्की, केन्द्रिय सदस्य पवित्रा मुडवरीलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकले संगठन सुदृढीकरण, पत्रकारिता क्षेत्रका चुनौती र आगामी योजना सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पार्टी नेतृत्वका बारेमा सत्यता र वस्तुस्थिति बुझेर मात्र समाचार लेख्नुपर्नेमा जोड दिनुभयो। उहाँले तथ्यहीन र एकपक्षीय समाचारहरूले समाजमा भ्रम फैलाउने भएकाले जिम्मेवार र सत्यनिष्ठ पत्रकारिता अभ्यास गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।

बैठक सकारात्मक वातावरणमा सम्पन्न भएको र निर्णयहरू कार्यान्वयन गर्न संगठन प्रतिबद्ध रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै